कोरोना भाइरस ‘कोभिड १९’ को प्रकोपसँगै यस लिग खेल अनिश्चितकालका लागि स्थगित भएको थियो।
कोरोना प्रकोपपछि युरोपमा सुचारु हुन लागेको बुन्डेस लिगा पहिलो लिग खेल हो। स्पेनिस ला लिगामा भने जुन महिनाबाट सुरु हुने घोषणा भएको छ।
यद्यपी बुन्डेस लिगाका सबै खेलमा दर्शक भने उपस्थित हुन पाउने छैनन्। अब बुन्डेस लिगामा सबै क्लबले समान ९–९ खेलमात्र खेल्न बाँकी छ।
हालसम्मको अंकतालिका अनुसार बार्यन म्युनिख लिगमा शीर्ष स्थानमा छ। बार्यनको ५५ अंक छ भने दोस्रो स्थानमा बोरुसिया डर्टमुन्डको ५१ अंक छ। तेस्रो स्थानको आरबी लेपजीगको ५० अंक छ।
पछिल्लो समय जर्मनीमा कोरोनाको प्रभाव घट्दो छ। जर्मनीमा हालसम्म एक लाख ६८ हजार १६२ व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ। यीमध्ये ७ हजार २७५ को मृत्यु भएको छ भने एक लाख ३९ हजार ९०० उपचारपछि स्वस्थ बनेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया