आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा ३ हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन्।
निर्वाचन आयोगका अनुसार ३ हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी ३ हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो। मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा ५ जनाको उम्मेदवारी परेको छ।
81
Shares

प्रतिक्रिया