राजनीति


मकवानपुरमा रास्वपाको 'गियर अप': विरासत भत्काउन मैदानमा उत्रिए प्रकाश र प्रशान्त

मकवानपुरमा रास्वपाको 'गियर अप': विरासत भत्काउन मैदानमा उत्रिए प्रकाश र प्रशान्त

रास्वपाका उम्मेदवार प्रकाश र प्रशान्त । तस्विर:


सुनिता विष्ट
माघ ६, २०८२ मंगलबार १३:२२, हेटाैंडा

आगामी उपनिर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी दर्ता गराएको छ। मंगलबार हेटौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रास्वपाका उम्मेदवारहरूले मनोनयन पत्र दर्ता गराएका हुन्।

मकवानपुर क्षेत्र नम्बर १ मा रास्वपाका तर्फबाट प्रकाश गौतमले उम्मेदवारी दर्ता गराएका छन्। उनको प्रस्तावकमा टाकाराज थापा र समर्थकमा ध्रुव बहादुर विष्ट रहेका छन्। त्यस्तै, क्षेत्र नम्बर २ मा प्रशान्त उप्रेतीले मनोनयन दर्ता गराएका छन्। उप्रेतीको प्रस्तावकमा सञ्जीव पाठक र समर्थकमा शान्ति थापा विडारी रहेका छन्।

मकवानपुरको चुनावी विरासत मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ फरक–फरक राजनीतिक शक्तिहरूको प्रभाव क्षेत्र रहँदै आएको छ। यहाँ २०७९ को आम निर्वाचनमा राप्रपा र एमालेबीचको तालमेल तथा कांग्रेस नेतृत्वको गठबन्धनबीच तीव्र प्रतिस्पर्धा भएको थियो। त्यस्तै, क्षेत्र नम्बर २ मा नेकपा एमाले र एकीकृत समाजवादीको बलियो पकड रहँदै आएको छ। विगतमा पुराना दलहरूको वर्चस्व रहेको यस जिल्लामा गत निर्वाचनमा रास्वपाले सम्मानजनक मत प्राप्त गरेको थियो।

रास्वपाले सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य चुनावी एजेन्डा बनाएको छ। गौतम र उप्रेती दुवैले स्थानीय स्तरमा लोकप्रिय र युवा उम्मेदवारका रूपमा आफूलाई प्रस्तुत गरेका छन्। मनोनयन दर्तापछि रास्वपाका कार्यकर्ताहरूले चुनावी गीत र नारासहित हेटौँडा बजारमा र्‍याली निकालेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad