राजनीति


नवलपुर-१ मा कांग्रेसले शशांकको सट्टा गजेन्द्रलाई दियो टिकट

नवलपुर-१ मा कांग्रेसले शशांकको सट्टा गजेन्द्रलाई दियो टिकट

नेपालखबर
माघ ६, २०८२ मंगलबार ८:३०, काठमाडौँ

अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा नेता डा. शशांक कोइराला विजयी नवलपुर क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले गजेन्द्रबहादुर आलेलाई उम्मेदवार बनाएको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेसको संसदीय बोर्डले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कोइरालाको सट्टा आलेलाई टिकट दिएको हो। 

गैँडाकोट नगरपालिका-१२ निवासी आले कांग्रेसका महासमिति सदस्य हुन्। उनी गत स्थानीय तहको चुनावमा गैँडाकोट नगरपालिकाको मेयर पदमा प्रतिस्पर्धा गरेका थिए। तर उनी हारेका थिए।

२०७९ मा भएको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा कांग्रेस नेता कोइराला विजयी भएका थिए।

विशेष महाधिवेशनबाट कांग्रेसको नेतृत्व अर्को पुस्तामा गएपछि उम्मेदवार चयनमा पनि विगतको संरचना भत्किएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad