सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका जगदीश खरेलले आफ्नो छोटो कार्यकालमा पनि धेरै उपलब्धी हासिल गरेको दाबी गरेका छन्।
सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले ४ महिनामा ४० भन्दा बढी निर्णय कार्यान्वयनमा गएको बताए।
‘४ महिनामा ४० भन्दा बढी महत्वपूर्ण निर्णय कार्यान्वयनमा गएको छ,’ खरेलले भने, ‘र, उपलब्धी हासिल भएको छ। डेढ सय भन्दाबढी उपलब्धी छन्।’
उनले मन्त्री हुँदा सिंहदरबारमा जसरी छिरेको थिएँ, त्यस्तै फर्किएको छुु भन्ने समेत दाबी गरे। ‘म जस्तो सिंहदरबार छिरेँ, त्यस्तै फर्किन्छु भनेको थिएँ,’ खरेलले भने, ‘म आज त्यस्तै फर्किएको छु। मैले भ्रष्टाचार गरेको छैन। अनियमितता गरेको छैन।’
‘कलंकको छिटा आउनेगरि केही पनि गलत काम गरेको छैन,’ उनले थपे।
उनले सरकारमा रहँदा प्रधानमन्त्री सुशीला कार्कीलाई सकेजति सहयोग गरेको र त्यसको मूल्यांकन प्रधानमन्त्रीले नै गर्ने उल्लेख गरे।
Shares

प्रतिक्रिया