राजनीति


रौतहट १ मा माधव नेपालका प्रतिस्पर्धी पुरानै

रौतहट १ मा माधव नेपालका प्रतिस्पर्धी पुरानै

नेपालखबर
माघ ५, २०८२ सोमबार १३:५९, काठमाडौँ

नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव नेपालले निर्वाचन लड्ने तयारी गरेको रौतहट क्षेत्र नम्बर १ मा नेकपा एमालेले अजकुमार गुप्तालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ। 

०७९ सालमा नेकपा एकीकृत समाजवादीबाट निर्वाचन जितेका नेपालले यसपटक पनि निर्वाचन लड्न रौतहट १ नै रोजेका छन्। राैतहट नेपालकाे गृह जिल्ला हाे। 

गत निर्वाचनमा पनि रौतहट १ मा नेपालको प्रतिस्पर्धा एमाले नेता गुप्तासँगै भएको थियो।

त्यतिबेला नेपाल ३३ हजार पाँच सय २२ मतसहित प्रतिनिधि सभा सदस्यमा विजयी हुँदा  गुप्ताले २६ हजार ९ सय २२ मत ल्याएका थिए। 

गत निर्वाचनमा यो क्षेत्रबाट जनमत पार्टीका राजेन्द्रप्रसाद साहले १४ सय ११ मत ल्याएका थिए। 

कांग्रेस, रास्वपा, जसपा, जनमत लगायतका दलले भने राैतहट १ मा उम्मेदवार टुंग्याएका छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad