फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नेपाली कांग्रेसको टिकटका लागि प्रमुख दावेदारका रूपमा देखिएका छन्।
नेपाल बार एसोसिएशनका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेसको निर्वाचन समितिका पूर्वसंयोजकसमेत रहेका घिमिरे चितवनको राजनीतिक क्षेत्रमा परिचित छन्।
मंगलबार उम्मेदवारी दर्ता हुने भएपछि नेपाली कांग्रेस उम्मेदवार छनोटको अन्तिम चरणमा छ। त्यसमा घिमिरे चितवन ३ बाट अग्रपंक्तिमा देखिएका छन्।
स्थानीय कांग्रेस नेताहरु पार्टी सभापति गगनकुमार थापा घिमिरेलाई उम्मेदवार बनाउन सकारात्मक छन्।
नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका घिमिरेले भने, ‘म लामो समयदेखि राजनीतिमा छु र पार्टीले दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको छु। यस पटक मेरो कामको मूल्यांकन हुने विश्वास गरेको छु।’
चितवन जिल्ला नेपाली कांग्रेसको राम्रो पकट भएको क्षेत्र हो। जहाबाट पूर्व पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालाले पनि निर्वाचन जितेका थिए।
चितवन ३ बाट एमालेले शंकरराज थपलिया र नेकपाले रेनु दाहाललाई उम्मेदवार बनाउने तयारी गरेका छन्।
Shares

प्रतिक्रिया