राजनीति


८ सहसचिवको सरुवा, छविलाल रिजाललाई पठाइयो गण्डकी प्रदेश

८ सहसचिवको सरुवा, छविलाल रिजाललाई पठाइयो गण्डकी प्रदेश

नेपालखबर
माघ ४, २०८२ आइतबार २१:४७, काठमाडौँ

सरकारले ८ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलनमा काठमाडौँको प्रमुख जिल्ला अधिकारी रहेका छविलाल रिजालसहित ८ जनालाई सरुवा गर्ने निर्णय गरेको हो। 

उनलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट गण्डकी प्रदेशमा सरुवा गरिएको छ।

अतिरिक्त समूहमै रहेका प्रदीप परियारलाई मन्त्रालयमा जिम्मेवारी दिने निर्णय भएको छ।

गृहमन्त्रालयका केदारनाथ शर्मा अर्थ मन्त्रालय, मधेस प्रदेशबाट धर्मोन्द्रकुमार मिश्रलाई गृह मन्त्रालयमा, गण्डकीबाट विश्वबन्धु बगालेलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad