धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन्।
साम्पाङले आइतबार उपमेयर अइन्द्रबिक्रम बेघासमक्ष राजीनामा बुझाएका छन्। प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्ने भएकाले मेयरबाट राजीनामा दिएको साम्पाङले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘यही २०८२/११/२१ गते हुन गइरहेको प्रतिनिधि सभाको निवाृचनमा उम्मेदवारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगर प्रमुखको पदबाट राजीनामा दिएको छु।’
साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्। केही समयअघि पार्टी दर्ता गरेका उनी संगठन विस्तार गर्दै आइरहेका छन्।

प्रतिक्रिया