राजनीति


घन्टी घरमा बालेनका केवल १० मिनेट (तस्बिरहरू)

घन्टी घरमा बालेनका केवल १० मिनेट (तस्बिरहरू)

सरोज शाही
माघ ४, २०८२ आइतबार १६:४१, काठमाडौँ

काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगे। 

एकता सहमतिपछि रास्वापको वरिष्ठ नेता बनेका उनी पहिलो पटक रास्वपा कार्यालय पुगेका हुन्। 

बनस्थलीस्थित रास्वपा कार्यालय पुगेका उनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका थिए। अनि, दुवैजनाले घन्टीघरमा रहेको घन्टी बजाएका थिए।

तर, उनी त्यहाँ धेरै बेर रहेनन्। दिउँसो ३ बजेर ४३ मिनेटमा रास्वपा कार्यालय घन्टीघर पुगेका उनी करिब १० मिनेटजति मात्रै समय बिताएर फर्किए।

उनी ३ बजेर ५३ मिनेटमा त्यहाँबाट फर्किका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad