राजनीति


उम्मेदवारी दर्ताको मिति सार्न प्रमुख दलको आग्रह, निर्वाचन आयोग सकारात्मक

उम्मेदवारी दर्ताको मिति सार्न प्रमुख दलको आग्रह, निर्वाचन आयोग सकारात्मक

नेपालखबर
माघ ४, २०८२ आइतबार १३:५३, काठमाडौँ

प्रमुख राजनीतिक दलसहित चुनावमा भाग लिने केही दलले प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय सार्न आग्रह गरेका छन्। 

माघ ६ गतेका लागि तय भएको मनोनयन अवधि थप गर्न दलहरू आइतबार निर्वाचन आयोगलाई आग्रह गरेका हुन्। नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत दलले आग्रह गरेको निर्वाचन आयोगको उच्च स्रोतले जनाएको छ। 

‘ठूला र कांग्रेसको अर्को पक्षबाट मनोनयनको मिति सार्न आग्रह आएको छ,’ आयोग स्रोतले नेपालखबरसँग भन्यो, ‘एक-दुई दिन मनोनयनको समय थप हुनसक्छ।’

यसबारे निर्णय गर्न आयोग छलफल जुटेको छ। आयोगका एक सदस्यले छलफलपछि निर्णय गरिने जानकारी दिए। दलहरूले एक साता समय सार्नका लागि आग्रह गरेको ती सदस्य बताउँछन्।

विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा नेतृत्वको कांग्रेसलाई माघ २ मा निर्वाचन आयोगले मान्यता दिएको थियो। त्यसका विरुद्ध शेरबहादुर देउवा पक्ष आइतबार सर्वोच्च अदालत पुगेको छ। देउवा पक्षले दिएको रिटमाथि माघ ६ गते पेशी तोकिएको छ। 

यसअघि निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रमअनुसार, माघ ६ गते उम्मेदवारी दर्ताको समय रहेको थियो। तर, कांग्रेसको विवादका कारण प्रमुख दलले उम्मेदवारी दर्ताको समय सार्न आयोगलाई आग्रह गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad