संसदको बैठक बस्नु एक दिन अघि सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ।
संसद सचिवालयले दिएको जानकारी अनुसार बिहीबार (वैशाख २५ गते) बिहान १० बजेदेखि संसद भवनस्थित ल्होत्से हलमा राष्ट्रिय सभाका र ११ बजेदेखि प्रतिनिधि सभाका सदस्यहरुको पीसीआर परीक्षण हुनेछ।
बिहीबार ११ बजे राष्ट्रिय सभा, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ।
संघीय संसदको बैठक शुक्रबार आह्वान गरिएको छ।
3
Shares
प्रतिक्रिया