ad ad

राजनीति


नेकपा स्थायी समिति बैठक अनिश्चित, सचिवालयमा सहमति नभएपछि ओली–प्रचण्ड छलफलमा

नेकपा स्थायी समिति बैठक अनिश्चित, सचिवालयमा सहमति नभएपछि ओली–प्रचण्ड छलफलमा

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १२:२२,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक अनिश्चित भएको छ।

गत शनिबार बसेको सचिवालय बैठकले स्थायी समिति बैठक बिहीबारलाई तोकेको थियो।

स्थायी समिति बैठकका एजेन्डा तय गर्न आज प्रधानमन्त्री निवासमा बसेको सचिवालय बैठक निष्कर्णमा नपुगेपछि बैठक अनिश्चित भएको हो।

प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षले गृहकार्य नपुगेको जानकारी बैठकमा गराएको बताए।

‘२० गतेको सचिवालयको बैठकको निष्कर्ष अनुरुप २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउन माग गरेको सन्दर्भलाई समेत ध्यान दिइ भोलि स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको हो’, बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘त्यस सन्दर्भमा कार्यसूची र २० गतेको निष्कर्षको मर्म अनुरुप प्रस्ताव तयार गर्ने प्रक्रियाका सन्दर्भमा २ अध्यक्षले अझै पनि गृहकार्य गर्ने जानकारी बैठकमा गराइयो। त्यसबारे दुबै अध्यक्षले  बैठकको कार्यसूची र बैठक नै के गर्ने भन्ने बारेमा निर्णय गर्नुहुने भएको छ।’

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच अहिले पनि छलफल जारी रहेको बताए।

प्रधानमन्त्री केपी शर्मा ओली बैठकको बीचैमा बाहिरिनु भयो भन्ने आयो नि भन्ने प्रत्रकारको प्रश्नमा प्रवक्ता श्रेष्ठले प्रधानमन्त्री ओली बैठकलाई जानकारी गराएर नै बाहिरिएको बताए।

‘बैठकमा सके सधैँ सबैजना बस्ने हो, सकिएन भने बैठकलाई जानकारी दिएर निस्कने प्रचलन छँदैछ’, उनले भने, ‘आज प्रधानमन्त्रीले आफ्नो केही व्यवस्तताका कारण, केही शारीरीक कारणले समेत बैठकको पूरा समय बस्न नसक्ने जानकारी गराएर जानुभएको हो, त्यसमा अन्यथा अरु केही छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .