नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी टुक्रिन नदिन आफू अझै प्रयासरत रहेको बताएका छन्।
आज बिहान शेरबहादुर देउवा पक्षले सानेपामा राखेको केन्द्रीय समितिको बैठकमा सहभागी हुन आफ्नो समूहमा आन्तरिक छलफल गरेका नेता कोइरालाले संवादबाट पार्टी मिलाउने पहल गरिरहेको प्रतिक्रिया दिएका हुन्।
‘पार्टी नटुक्रियोस् भन्ने हो। फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट नेपाली कांग्रेसको विवाद सल्टिन्छ’, आन्तरिक छलफलपछि नेपालखबरले राखेको जिज्ञासामा उनले भने, ‘विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।’
बिहान आन्तरिक छलफलपछि नेता कोइराला र धनराज गुरुङ सानेपा पुगेका छन्। जहाँ देउवा पक्षको बैठक जारी छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएपछि देउवा पक्ष सडक आन्दोलन गर्ने र अदालत गुहार्ने तयारीमा लागेको छ।
Shares

प्रतिक्रिया