राजनीति


रास्वपामा प्रवेश गर्दै अमरेशकुमार सिंह

रास्वपामा प्रवेश गर्दै अमरेशकुमार सिंह

नेपालखबर
माघ ३, २०८२ शनिबार ५:५७, काठमाडौँ

अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्।

यही माघ ५ गते जनकपुरमा रास्वपाले आयोजना गर्ने कार्यक्रमका अवसरमा उक्त पार्टीमा प्रवेश गर्ने अमरेश स्वयंले जानकारी दिएका हुन्।

गत प्रतिनिधि सभा निर्वाचनमा सर्लाही–४ बाट स्वतन्त्र रूपमा निर्वाचित सांसद सिंह यसअघि नेपाली कांग्रेसमा थिए।

कांग्रेसले चुनावमा टिकट नदिएपछि उनी स्वतन्त्र रूपमा चुनाव लडेका थिए।

सिंहले शुक्रबार राति फेसबुकमा लेखेका छन्, 'यही माघ ५ गते जगत जननी माता सीताको जन्मस्थल जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमबाट आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दै छु।'

यसपछि देश र मधेसमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाएको आवाज अझ अझ बुलन्द पार्ने उनले उल्लेख गरेका छन्।

अरूलाई पनि आह्वान गर्दै उनले अगाडि लेखेका छन्, 'साथै मलगायत देश र मधेसको हित चाहने मधेसमा शिक्षा, स्वास्थ्य, रोजगार र भौतिक पूर्वाधारको विकास चाहने सम्पूर्ण आमाबुवा तथा दिदिबहिनीहरूलाई यसै कार्यक्रममार्फत जोडिन आह्वान गर्दछु।'

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad