राजनीति


लोकतान्त्रिक शक्तिसँग प्रतिस्पर्धा हुँदैन, देशमा आगो लगाउनेलाई हराउनुपर्छः ओली

लोकतान्त्रिक शक्तिसँग प्रतिस्पर्धा हुँदैन, देशमा आगो लगाउनेलाई हराउनुपर्छः ओली

नेपालखबर
माघ २, २०८२ शुक्रबार १७:४९, काठमाडौँ

नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई आगो लगाउनेहरुलाई आगामी निर्वाचनमा पराजित गर्नुपर्ने बताएका छन्।

लोकतन्त्र बचाउनका लागि आगो लगाउनेहरूलाई चिन्हित गरेर आगामी निर्वाचनमा पराजित गर्नुपर्ने अध्यक्ष ओलीको जिकिर थियो।

पार्टीले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले देशभक्त र लोकतान्त्रिक शक्तिहरूसँग लोकतन्त्र बचाउनका लागि सहकार्य गर्दै अघि बढ्ने समेत बताए।

देशभक्त र लोकतान्त्रिक शक्तिहरु आगामी निर्वाचनमा प्रतिस्पर्धी नहुने ओलीको भनाई थियो। 

अध्यक्ष ओलीले भनेयो, ‘अहिले म भन्न चाहन्छु नेकपा (एमाले)को तर्फबाट–हाम्रो प्रतिष्पर्धा कसैसँग छैन। देशभक्त, लोकतान्त्रिक शक्तिहरुसँग प्रतिष्पर्धा छँदै छैन। लोकतन्त्र बच्यो भनेन प्रतिस्पर्धा गर्ने हो। लोकतन्त्र नै बचेन भने के मा प्रतिष्पर्धा गर्ने हो? त्यसकारण अहिलेको कुरा हो लोकतन्त्र। हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन्।’

उनले संविधान, राजनीति, राजनीतिक दलका नेताहरू नचाहिने तत्वले देशमा आतंक फैल्याउने काम गरिरहेको पनि बताए।

अध्यक्ष ओलीले असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्तारू, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने तत्वहरू भएको समेत बताए।

उनले भने, ‘चिन्नुपर्ने र पराजित गर्नुपर्ने असंवैधानिक लोकतन्त्रविरोधी संसद विघटनकर्ताहरु, देशलाई अलोकतान्त्रिक अवस्थामा धकेल्ने यस्ता तत्वहरु हुन्। देशमा अराजकता सृजना गर्न खोज्ने, यस्ता तत्वहरू हुन्। डेमोक्रेसी चाहिएन उनीहरूलाई। संविधान चाहिएन, राजनीति चाहिएन। राजनीतिक पार्टीहरू चाहिएन, राजनीतिक दलका नेताहरू चाहिएन। देशलाई नीतिविहीन, थितिविहीन अराजकता र आतंकको एउटा राज्य बनाउन खोजियो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad