राजनीति


महाधिवेशन प्रतिनिधिभन्दा माथि केन्द्रीय समिति हुँदैन: पुष्पा भुसाल

महाधिवेशन प्रतिनिधिभन्दा माथि केन्द्रीय समिति हुँदैन: पुष्पा भुसाल

नेपालखबर
माघ २, २०८२ शुक्रबार १७:२१, काठमाडौँ

गगन थापा नेतृत्वको नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले कांग्रेसमा हाल देखिएको विवाद कुनै विवादको विषयवस्तु नै नभएको टिप्पणी गरेकी छन्।

आधिकारिकता सम्बन्धी जानकारी दिनका लागि शुक्रबार निर्वाचन आयोगमा पुगेकी उनले कांग्रेसमा विवादको भन्दा विधानको विषयवस्तु महत्वपूर्ण भएको बताएकी हुन्। उनले विधानको प्रक्रियालाई नै अनुशरण गरेर विशेष महाधिवेशन गरिएको दाबी गरिन्।

उनले कांग्रेसको विधानले महाधिवेशन प्रतिनिधिलाई शक्तिशाली बनाएको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधिले केन्द्रीय समिति विघटन गर्न पाउने बताइन्।

उनले आयोगलाई नेपाली कांग्रेसको विशेष महाधिवेशन प्रक्रियाअनुसार भएको छ कि छैन भनेर हेर्न मात्रै आग्रह गरिन्।

उनले महाधिवेशन प्रतिनिधि भन्दा माथि नेतृत्व, कार्यसम्पादन समिति, केन्द्रिय कार्यसमिति वा महासमिति कोही पनि नहुने बताइन्।

उनले भनिन्, ‘हाम्रो विधानले हाम्रो महाधिवेशन प्रतिनिधिलाई सार्वभौम शक्तिशाली संस्थाको रुपमा स्वीकार गरेको छ, हाम्रो विधानले। त्यो विधानभन्दा माथि कोही पनि छैन, नेतृत्व पनि छैन। महाधिवेशनभन्दा माथि न हाम्रो महासमिति छ, नत केन्द्रीय समिति छ, न केन्द्रीय कार्यसम्पादन समिति छ। महाधिवेशन प्रतिनिधिको निर्वाचनबाटै केन्द्रीय कार्य समितिको चयन हुन्छ। महाधिवेशन प्रतिनिधिको प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसले जन्म दिन्छ, उसले विघटन पनि गर्न पाउँछ। यो सर्वमान्य सिद्धान्त हो, यसलाई सबैले स्वीर्कान पर्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad