नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको कागजात निर्वाचन आयोगमा बुझाएको छ।
विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको दुई दिनपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले आयोगमा ८८५ प्रतिनिधिको हस्ताक्षर फिर्ताको प्रमाण बुझाएको हो।
थापा नेतृत्वको कांग्रेसले बिहीबार आधिकारिताको दाबी गर्दै आयोगमा निवेदन दिएको थियो। शुक्रबार कार्यवाहक सभापति खड्काले कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्यसँगै भ्रातृ संगठनसहितको दलबलका सहित आयोग पुगेर हस्ताक्षर फिर्ता लिएको कागजात बुझाएका हुन्।
खड्का नेतृत्वको टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई हस्ताक्षर फिर्ताका निवेदनसहितको प्रमाण बुझाएको हो।
Shares

प्रतिक्रिया