नेपाली कांग्रेस देखिएको विवाद समाधानका लागि प्रयासरत रहेका दुवै पक्षका वार्ता टोलीका सदस्यहरू शीर्षनेतासँग छलफलमा छन्।
मंगलबार साँझ वार्ता रोकेर नेताहरू आ–आफ्नो समूहका शीर्ष नेतासँग छलफलमा जुटेका हुन्।
काठमाडौँको बासबारीस्थित वार्तास्थलबाट दुवै पक्षका नेता शीर्षनेतालाई भेट्न गएका थिए।
महाराजगञ्जमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेताहरू शेखर कोइराला, रमेश लेखक, बालकृष्ण खाँड, जीवन परियार र मिनेन्द्र रिजालबीच छलफल भइरहेको छ।
यता, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासँग पनि वार्ता टोलीका सदस्यहरू प्रदीप पौडेल, गुरु घिमिरे, मधु आचार्य र देवराज चालिसेको छलफल जारी रहेको दुवै पक्षका नेताहरूले जानकारी दिएका छन्।
दुवै पक्षले आ–आफ्ना शीर्ष नेतासँग छलफल गरेपछि आजै पुनः वार्तामा बसेर समस्या समाधान गर्ने वार्तामा सहभागी एक नेताले बताए।
यसअघि मंगलबार बिहान लाजिम्पाटमा पनि वार्ता भएको थियो। त्यसपछि उनीहरूले आ-आफ्नो पक्षका शीर्षनेतासँग छलफल गरेका थिए।
वार्तामा सभापति देउवा पक्षीय नेताहरू रमेश लेखक र बालकृष्ण खाण, डा. शेखर कोइराला पक्षीय नेताहरू सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय थापा र शर्मा पक्षीयहरू नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्।
Shares

प्रतिक्रिया