राजनीति


निर्वाचनमा विधि र प्रविधि परिवर्तनबारे निकै ठूलो पेलानमा पर्‍यौं : रामप्रसाद भण्डारी

निर्वाचनमा विधि र प्रविधि परिवर्तनबारे निकै ठूलो पेलानमा पर्‍यौं : रामप्रसाद भण्डारी

नेपालखबर
पुस २९, २०८२ मंगलबार २०:९, काठमाडौँ

निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्नका लागि निकै ठूलो दबाब आएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्। 

मंगलबार मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत तथा प्रदेश र जिल्लाका निर्वाचन अधिकारी लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले यस्तो गुनासो गरेका हुन्। ‘निर्वाचन घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन गर्नुपर्छ भनेर हामी निकै ठूलो पेलानमा पर्‍यौं,’ भण्डारीले भने। 

निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने उनको भनाइ थियो। ‘निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गरेर निर्वाचन हुँदैन, यो अन्तराष्ट्रिय निर्वाचन कानुनको मान्यता हो,’ उनले भने, ‘निर्वाचनको प्रक्रियामा अन्तराष्ट्रिय पर्यवेक्षकहरूले मान्यता दिएनन् वा दबाब र प्रभावमा भएको निर्वाचन भन्दियो भने हाम्रो निर्वाचनको निष्ठा र हामीले गराएको निर्वाचनको प्रतिफलमा अन्तर्राष्ट्रिय स्तरमा प्रश्न उब्जिन्छ।’

अब निर्वाचनको माहोल बनिसकेको बताउँदै स्वच्छ र निष्पक्ष निर्वाचन गर्नुपर्नेमा उनले जोड दिए।   यसमा निडर भएर काम गर्न उनले आग्रह गरे। ‘कुनै पनि एक दलले अर्को दललाई निषेधको भावनाले हेर्‍यो भने यहाँहरूले तत क्षण नै नियन्त्रण गर्नुहुनेछ भन्ने विश्वास छ,’ भण्डारीले भने। 

अहिले निर्वाचनमा आन्तरिक स्रोतबाटै काम भइरहेको बताए। ‘सरकारको सोधसाधन र शक्ति हामीसँग छ। अहिले विदेशी कुनै पनि सहायता सहयोग हामीलाई छैन। अहिले मुलुकभित्रकै जे जस्तो हाम्रो स्रोत शक्ति छ त्यसैको परिधिभित्र रहेर हामी निर्वाचन गराउँदै छौं,’ भण्डारले भने। 

उनले मिस इन्फर्मेसन, डिसइन्फर्मेसन र हेट स्पिच एकदम टड्कारो र जलन्त समस्या रहेको बताए। यसलाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad