नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)का रोल्पा जिल्ला इन्चार्ज सन्तोष सुवेदीले पार्टी परित्याग गर्दै नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्।
उनलाई मंगलबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाल, नेता वर्षमान पुन लगायतले स्वागत गरेका थिए।
सुवेदी ०७१ सालमा मोहन वैद्य नेतृत्वमा तत्कालीन नेकपा माओवादी विभाजित भएदेखि नै विप्लवसँग नजिक रहेर काम गर्दै आएका थिए। उनी राष्ट्रिय सभा सदस्य झक्कुप्रसाद सुवेदीका छोरा हुन्।
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा विप्लवले रोल्पाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।
पार्टी महासचिवसमेत रहेका विप्लव चुनाव लड्ने तयारीमा रहेका बेला सुवेदी नेकपामा प्रवेश गरेका हुन्।
75
Shares

प्रतिक्रिया