कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले (उनेपा) समानुपातिक चुनावमा सहभागी हुन राष्ट्रिय परिवर्तन पार्टी (रापपा) सँग सहकार्य गरेको छ।
सोही अनुसार आइतबार उनेपाका २४ जना समानुपातिक उम्मेदवारको नाम बासुरी चुनाव चिह्नवाला रापपाको बन्दसूचीमा राखेर निर्वाचन आयोगमा बुझाइएको छ।
भदौ २३ गते भएको जेनजी आन्दोलनमा एउटा खुट्टा गुमाएका जेनजी घाइते योद्धा राजेश पोर्तेलको अध्यक्षतामा राष्ट्रिय परिवर्तन पार्टी गठन भएको हो। सोही दलसँग मिलेपछि उनेपाका नयाँ उम्मेदवार राखिएको छ।
रापपाले समानुपातिक उम्मेदवारी सूचीमा राखेका केही उम्मेदवारको नाम फिर्ता लिएर अद्यावधिक सूची आयोगमा बुझाएको छ।
‘हिजो ११ बजेसम्म बसेर नाम टुंगो लगाइयो। हिजै गइसक्यो,’ ती नेताले नेपालखबरसँग भने, ‘समानुपातिकका लागि जेनजीहरूको राष्ट्रिय परिवर्तन पार्टीसँग मिलेर जाने सहमति भयो, पार्टी एकीकरण नै गरेर जाने भन्ने भएको छ।’
मंसिर १ गते निर्वाचन आयोगमा दर्ता भएको रापपाले मंसिर २८ गते झापामा बृहत कार्यक्रम आयोजना गरेर औपचारिक घोषणा गरेको थियो।
Shares

प्रतिक्रिया