राजनीति


विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा देउवा निवासमा शीर्ष नेताहरूको छलफल

विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनै लाग्दा देउवा निवासमा शीर्ष नेताहरूको छलफल

नेपालखबर
पुस २८, २०८२ सोमबार ११:२०, काठमाडौँ

काठमाडौँको भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवशेनको बन्दसत्र सुरु हुनै लाग्दा सभापति शेरबहादुर देउवाको निवास महरागन्जमा भने उनी पक्षीय शीर्ष नेताहरूको बैठक बसिरहेको छ। 

निकट स्रोतले नेपालखबलाई दिएको जानकारीअनुसार पार्टीमा देखापरेको वर्तमान अवस्थाबारे देउवाले आफूपक्षका शीर्ष नेताहरूसँग छलफल गरिरहेका हुन्। 

‘अहिले शीर्ष नेताहरू छलफलमा हुनुहुन्छ’, स्रोतले भन्यो। 

कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ। जहाँ बहुमत प्रतिनिधि सहभागी छन्।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad