राजनीति


बन्दसत्र सुरु हुनुअघि गगन र विश्वप्रकाशलाई कार्यवाहक सभापति खड्का र नेता कोइरालाको निम्तो

बन्दसत्र सुरु हुनुअघि गगन र विश्वप्रकाशलाई कार्यवाहक सभापति खड्का र नेता कोइरालाको निम्तो

नेपालखबर
पुस २८, २०८२ सोमबार १०:२३, काठमाडौँ

विशेष महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालले आज (सोमबार) बिहान दुवै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई संवादका लागि बोलाएका छन्।

स्रोतले नेपालखबरलाई दिएको जानकारीअनुसार यो खबर बनाउँदासम्म महामन्त्रीहरू छलफलमा जाने/नजाने टुंगो लागिसकेको छैन।

‘उहाँहरूबाट दुवै महामन्त्रीलाई संवादका लागि प्रस्ताव आएको छ, तर जाने-नजाने अहिलेसम्म निर्णय भइसकेको छैन’, स्रोतले भन्यो।

यसैबीच सभापति शेरबहादुर देउवाको सचिवालयले भने उनी महाधिवेशनमा नजाने बताएको छ। 

कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ।   

जहाँ पहिलो दिन आइतबार २ हजार ६६२ प्रतिनिधिले नाम दर्ता गराइसकेको विशेष महाधिवेशन आयोजकले जानकारी दिएको छ।

प्राप्त विवरणअनुसार आइतबार कोसी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौँ, भक्तपुर र ललितपुर)बाट १७८ र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिबाट १९५ जनाले नाम दर्ता गराइसकेका छन्।  

विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले आज बिहान ८:३० बजेदेखि नाम दर्ता सुरु गरिएको जानकारी दिए।

उनले हिजो दर्ता गर्न छुटेका प्रतिनिधिको सहजताका लागि आज नाम दर्तालाई निरन्तरता दिइएको बताए।

नाम दर्ता सकिएपछि बिहान ११ बजेसम्म बन्दसत्र सञ्चालन हुने संयोजक पाण्डेयले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad