नेपाली कांग्रेसका नेता तीर्थ लामाले विशेष महाधिवेशन पार्टी फुटाउन नभएर जुटाउनका लागि आयोजना गरिएको बताएका छन्।
आइतबार काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै लामाले समय सापेक्ष कांग्रेस बनाउन विशेष महाधिवेशन आयोजना गरिएको बताए। ‘पार्टी फुटाउने, चोइट्याउने महाधिवेशन होइन। यो ऐतिहासिक दोस्रो महाधिवेशन भविष्यको निर्धारण गर्नेछ,’ उनले भने।
विशेष महाधिवेशनले नीति र नेतृत्व फेर्नुपर्ने उनको भनाइ थियो। समय सापेक्ष पार्टी बनाउनुपर्ने बताउँदै लामाले भने, ‘नीति र नेतृत्व फेरेर सबल सक्षम कांग्रेस बनाउने अभियानमा लागेका छौंँ।’
78
Shares

प्रतिक्रिया