राजनीति


केदार कार्की विशेष महाधिवेशनको पक्षमा, आफ्नो क्षेत्रमा ‘शून्य’ बनाउने कोइरालाको योजना असफल

केदार कार्की विशेष महाधिवेशनको पक्षमा, आफ्नो क्षेत्रमा ‘शून्य’ बनाउने कोइरालाको योजना असफल

नेपालखबर
पुस २७, २०८२ आइतबार १५:३, विराटनगर

मोरङ क्षेत्र नम्बर ६ बाट कसैलाई सहभागी नहुन थुमथुम्याएको नेपाली कांग्रेस मोरङले त्यसलाई थेग्न नसकेको पुष्टि भएको छ। 

डा शेखर कोइराला निकटका नेता एवम् पूर्व मुख्यमन्त्री केदार कार्की विशेष महाधिवेशनको पक्षमा खुलेपछि कोइरालाको योजना फेल खाएको छ।

डा कोइरालाले विशेष महाधिवेशनमा सहभागी नहुने तर। नियमित महाधिवेशन हुनु पर्ने भनेपछि उनको क्षेत्रका कार्यकर्तालाई विशेष महाधिवेशनमा नजान भनिएको थियो।

कोसी प्रदेशका पूर्वमुख्यमन्त्री कार्की पार्टीको विशेष महाधिवेशनको पक्षमा खुलेपछि कोइराला क्षेत्रबाट नै अप्ठ्यारोमा परेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत देश र पार्टी जोगाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका हुन्।

उनले भनेका छन्, ‘देश र पार्टी जोगाउन विशेष महाधिवेशनको सफलता अपरिहार्य।’

कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितले विशेष महाधिवेशन आह्वान गरेका हुन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेका थिए। 

अहिले काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad