कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले समानुपातिक सूचीमा पनि आफ्नातर्फका नाम पठाउने तयारी गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरण सम्झौता भंग भएसँगै उज्यालो नेपालले सकेसम्म समानुपातिकमा पनि आफ्ना मानिस पठाउने कोसिस गरेको हो।
रास्वपाबाट निर्वाचन आयोगमा बुझाएको सूचीमा कुलमान पक्षमा १४ जना समेटिएका थिए। तर, एकता सम्झौता भंग भएसँगै समानुपातिकमा उज्यालो नेपाल पार्टीले के गर्छ भन्ने अन्योल थियो।
शनिबार उज्याले नेपाल पार्टीलाई नै अघि बढाउने घोषणा गरेसँगै कुलमानले अन्य दलसँग मिलेर नाम पठाउन सकिन्छ कि भनेर छलफल थालेका थिए। निर्वाचन आयोगले समानुपातिक सूची सच्याउन आजसम्मको समय मात्रै दिएको छ।
यस्तो अवस्थामा उज्याले नेपाल पार्टीको नामबाट सूची बुझाउन नसकिए पनि अन्य दलसँग सहकार्य गरेर आफ्ना मान्छे पठाउने प्रयासमा घिसिङ लागेका हुन्। उज्यालो नेपाल पार्टीका नेताहरुका अनुसार यसबारे अहिलेसम्म ३/४ वटा पार्टीसँग छलफल भएको छ।
‘समानुपातिककमा पनि नाम पठाउने प्रयासमा हामी छौँ,’ उज्याले नेपालका एक नेताले नेपालखबरसँग भने, ‘४, ५ वटा पार्टीसँग कुरा भएको छ तर टुंगिएको छैन।’
समानुपातिकमा उज्यालो नेपालसँग सहकार्य गर्न आम जनता पार्टी, मातृ भूमी पार्टी, सद्भावना पार्टी, जेनजी युनाइटेड पार्टी लगायत छलफलमा आएका छन्।
आज कार्यलय समयभित्रै कुनै दलसँग सहमतिमा पगेर नाम अधावधिक गर्ने प्रयासमा घिसिङ लागेका छन्।
उनले शनिबार रास्वापासँगको सहमतिबाट अलग भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेनलमा सकेसम्म समानुपातिकमा पनि नाम व्यवस्थापन गर्न कोसिस गर्ने र त्यसो सम्भव नभए प्रत्यक्षतर्फ मात्रै भए पनि चुनाव लड्ने बताएका थिए।
Shares

प्रतिक्रिया