राजनीति


युग सुहाउँदो सरकार चाहिएको छ: सञ्चारमन्त्री खरेल

युग सुहाउँदो सरकार चाहिएको छ: सञ्चारमन्त्री खरेल

नेपालखबर
पुस २७, २०८२ आइतबार ५:४७, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई युग सुहाउँदो सरकार चाहिएको बताएका छन्। 

काठमाडौँस्थित सुकेधारामा ‘युएनए डिजिटल एप’मार्फत सञ्चालन हुने ओटीटी प्लेटफर्मको घोषणा गर्न आयोजित कार्यक्रममा उनले युग सुहाउँदो सरकार, नेता र राज्य व्यवस्थाले मात्र समृद्ध नेपालको सपना पूरा हुने बताए।

मन्त्री खरेलले भने, ‘नेपालले डिजिटल माध्यमको उपयोग गरेर धेरै काम गर्न सक्छ। अहिले हाम्रा देशका डिजिटल प्रविधि, ‘आइटी’ का क्षेत्रमा काम गर्ने धेरै सक्षम जनशक्ति अन्य देशका लागि प्रयोग भइरहेका छन्। अब निर्वाचनपश्चात् बन्ने नयाँ सरकार तिनको उपयोगितालाई नेपालमा प्रयोग गर्न सक्ने, हाम्रो देशलाई डिजिटल रूपमा अगाडि बढाउन सक्ने र युग सुहाउँदो हुनुपर्छ।’

सरकारले छिटै नै ‘डिजिटल नेपाल रोड म्याप’ ल्याउने र त्यसले नेपाललाई डिजिटल रूपमा विश्वका अन्य देशसँग प्रतिस्पर्धा गर्न मद्दत पुग्ने मन्त्री खरेलले जानकारी दिए। 

उनले चलचित्रकर्मीलाई नै उत्तरदायी बनाउने किसिमले सरकारले काम गरिरहेको जानकारी गराउँदै नियन्त्रणभन्दा पनि नियमनमा ध्यान दिने बताए।

‘चलचित्रकर्मीले ‘सेन्सर’को विषयलाई उठाउने गरेको पाउँछु, तर अब चलचित्र जाँचसम्बन्धी कार्यान्वयनमा आउने कार्यविधिले सरकारले नियन्त्रण होइन नियमन गरेको, सहजीकरण गरेको आभास दिलाउने विश्वास छ । सरकार भनेको सहयोगी र सहजकर्ता हो, त्यसैले स्वयं चलचित्रकर्मीलाई नै जिम्मेवार र जवाफदेही बनाउने हाम्रो प्रयास छ’, मन्त्री खरेलले भने।

उनले राष्ट्रियसभामा प्रस्ताव गरिएको चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकले ऐनको रूप लिएपछि चलचित्रकर्मीले गुनासो गर्ने समस्या समाधान हुने दाबी गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad