राजनीति


उज्यालो नेपालसँगको सहमतिलाई अगाडि नबढाउने रास्वपाको निर्णय

उज्यालो नेपालसँगको सहमतिलाई अगाडि नबढाउने रास्वपाको निर्णय

नेपालखबर
पुस २६, २०८२ शनिबार १७:०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उज्यलो नेपाल पार्टीसँग पुस १४ गते भएको सहमतिलाई अगाडि नबढाउने निर्णय गरेको छ। 

उज्यालो नेपालसँगको सहकार्य टुटेपछि शनिबार दिउँसो आकस्मिकरुपमा जुममार्फत बसेको सचिवालय बैठकले एउटा मात्रै निर्णय गरेको नेता शिशिर खनालले जानकारी दिए।

‘उज्यालो नेपालसँग पुस १४ गते एउटा सहमति भएको थियो,’ उनले नेपालखबरसँग भने, ‘त्यो सहमति अहिलेलाई अगाडि नबढाउने एउटा मात्रै निर्णय भएको छ।’ 

पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमानले रास्वापासँगको सहकार्य तोडेका छन्।

सरकारबाट बाहिरिएपछि र रास्वपासँगको सहमति तोडिएपछि कुलमान आफैँ अध्यक्ष भएर पार्टी हाँक्न अग्रसर भएका हुन्।

उज्यालो नेपालको आजै बसेको केन्द्रीय समिति बैठकले घिसिङलाई पार्टी अध्यक्ष बनाउने निर्णय समेत गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad