राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहमति अगाडि बढ्न नसक्ने भएपछि कुलमान घिसिङ संरकक्ष रहेको उज्यालो नेपाल पार्टीले छुट्टै केन्द्रीय समितिको बैठक आह्वान गरेको छ।
बैठक शनिबार (आज) दिउँसो साढे ४ बजेदेखि त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बस्ने छ। रास्वपासँगको सहकार्य टुट्ने भएपछि यो बैठक आकस्मिक रुपमा डाकिएको हो।
बैठक सकिएपछि पत्रकार सम्मेलन समेत आह्वान गरिएको छ। पत्रकार सम्मेलन साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा बोलाइएको छ।
उज्यालो नेपालसँगको सहकार्य अगाडि नबढ्ने भएप्छि त्यसबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक पनि अहिले जुममार्फत बसिरहेको छ।
रास्वपा र उज्यालो नेपाल पार्टीबीच पुस १४ गते ७ बुँदे सहमति भएको थियो।
पार्टीको पदीय भागबन्डा र राजनीतिक विचार नमिलेको भन्दै कुलमान रास्वापासँगको सहकार्य तोड्ने मनस्थितिमा पुगेका छन्।
Shares

प्रतिक्रिया