आज (शनिबार) बिहान नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै छ।
कांग्रेस केेन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक अहिले बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो।
बैठकमा सहभागिताका लागि उनले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिलाई अनुरोध गरेका छन्।
आकस्मिक बैठकको विषय नखुलाइए पनि पूर्वमन्त्रीसमेत रहेका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गर्न बैठक बोलाइएको बताइएको छ।
636
Shares

प्रतिक्रिया