समाज


मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ

मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु, चालक र पछाडि बस्ने दुवै पक्राउ

नेपालखबर
पुस २६, २०८२ शनिबार ८:५०, कञ्चनपुर

डोटीमा मोटरसाइकलको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ। 

शिखर नगरपालिका–१० बान्डुङग्रीसैनमा सुपप्र.०१०१३प १२ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँकी ६८ वर्षीया तारादेवी बलायरको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार केआईसिंह राजमार्गमा धनगढीबाट दिपायलतर्फ जाँदै गरेको मोटरसाइकलले बाटो काट्ने क्रममा बलायरलाई ठक्कर दिएको थियो। 

गम्भिर घाइते उनको स्थानीय मेडिकलमा सामान्य उपचारपछि थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा लगिएको थियो। 

उपचारको क्रममा शुक्रबार राति ७ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
मोटरसाइकल चालक डोटी दिपायल सिलगढी नगरपालिका–२ खुल्लेकका २६ वर्षीय  मोहन बोगटी र मोटरसाइकल पछाडी सवार सोही ठाउँका ३६ वर्षीय राम बोगटीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad