नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते हुने विशेष महाधिवेशन उद्घाटनअघि काठमाडौंका छ स्थानबाट जुलुस प्रदर्शन हुने भएको छ।
विशेष महाधिवेशनका लागि गठन भएको जनपरिचालन एवम् जुलुस व्यवस्थापन समितिका संयोजक जगदीशनरसिंह केसीले छ वटा रुट तय गरिएको बताए।
विशेष महाधिवेशनस्थलमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केसीले पुस २७ गते आइतबार बिहान ११ बजे जुलुस निस्कने बताए।
केसीका अनुसार काठमाडौंको सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोलबाट जुलुस भृकुटीमण्डपतर्फ बढ्नेछ।
यी छ वटा रुटमा फरक–फरक जिल्लाका प्रतिनिधि तथा नेता कार्यकर्ताहरू सहभागी हुने केसीको भनाइ छ। उनका अनुसार मध्याह्न १२ बजे भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह सुरु हुने छ।

Shares

प्रतिक्रिया