राजनीति


कुलमानको राजीनामापछि तीन मन्त्रीलाई थपियो मन्त्रालय

कुलमानको राजीनामापछि तीन मन्त्रीलाई थपियो मन्त्रालय

नेपालखबर
पुस २४, २०८२ बिहिबार १९:३७, काठमाडौँ

कुलमान घिसिङले राजीनामा दिएपछि उनले सम्हाल्दै आएका मन्त्रालयको जिम्मेवारी अन्य तीन मन्त्रीलाई दिइएको छ। प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन मन्त्रीलाई जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हालाई दिइएको छ। उनले यसअघि नै कानून, न्याय तथा संसदीय मामिला र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन्। 

त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यभार वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईलाई दिइएको छ। सहरी विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नामलाई थपिएको छ। 

राजनीतिमा लाग्ने भएपछि घिसिङले बुधबार पदबाट राजीनामा दिएका थिए। उनले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad