राजनीति


प्रत्यक्षतर्फ उम्मेदवारीको प्रचार सामग्री सामाजिक सञ्जालबाट हटाउन रास्वपाको निर्देशन

प्रत्यक्षतर्फ उम्मेदवारीको प्रचार सामग्री सामाजिक सञ्जालबाट हटाउन रास्वपाको निर्देशन

नेपालखबर
पुस २४, २०८२ बिहिबार १८:१७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारीको प्रचार सामग्री तत्काल सामाजिक सञ्जालबाट हटाउने सम्भावित उम्मेदवारलाई निर्देशन दिएको छ। 

बिहीबार रास्वपा उम्मेदवार छनोट सिफारिस उपसमिति सूचना प्रकाशित गरी उम्मेदवार तय नहुँदै प्रचार सामग्री नराख्न भनेको हो। रास्वपाले ‘आचारसंहिता पालना सम्बन्धी’ सूचना जारी गरी उम्मेदवारका आकांक्षीलाई सचेत गराएको छ। 

‘प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्ष तर्फका आकांक्षी उम्मेदवारहरूमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत् आफ्ना उम्मेदवारीको प्रचार–प्रसार गरेको देखिन आएको छ। यस प्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यहरूलाई निरुत्साहित गर्ने अवस्था सिर्जना भएको हुँदा यस्ता सबै प्रचार–प्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्रीहरू हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले भनेको छ। 

उम्मेदवारका लागि निवेदन दिएका पार्टी सदस्यले पनि एक पटकभन्दा बढी प्रचार नगर्न भनेको छ। ‘उम्मेदवारका लागि आवेदन दिने सदस्यले आफ्नो आकांक्षा जनाउन सादा फोटो सहित वा बिना फोटो सामाजिक सञ्जालमा एक पटक मात्र पोस्ट गर्न सक्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ। 

उम्मेदवार छनोटका लागि प्राइमरी विनाृचनमा सहभागी हुनेले मात्रै प्रचार गर्न पाउने व्यवस्था गरिएको छ। ‘प्राइमरी निर्वाचनमा सहभागी हुने हकमा, प्राइमरी निर्वाचन सम्बन्धी सूचना प्रकाशित भए पश्चात् मात्र पार्टीको निर्वाचन आचारसंहिता अनुरूप भद्र, मर्यादित र सीमित  तरिका बाट प्रचार–प्रसार गर्न सकिनेछ,’ रास्वपाले भनेको छ। 

रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले पार्टीको निर्वाचन सम्बन्धी आचारसंहिता तथा यस उपसमितिबाट जारी निर्देशनहरूको पूर्ण पालना गर्न सबै सबै सदस्यलाई आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad