राजनीति


कुलमानविरुद्ध आशिका तामाङको आक्रोश: उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने!

कुलमानविरुद्ध आशिका तामाङको आक्रोश: उपसभापति भा'को मान्छे पार्टीको सदस्य होइन भन्ने!

नेपालखबर
पुस २३, २०८२ बुधबार ९:२, काठमाडौँ

राजनीतिक दलमा संलग्न भएका मन्त्रीहरूलाई अन्तरिम नागरिक सरकारबाट बाहिरिन दबाब बढिरहेका बेला ऊर्जामन्त्री कुलमान घिसिङले आफू अहिलेसम्म कुनै पनि पार्टीको सदस्य नभएको जिकिर गरेपछि व्यापक आलोचना भइरहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ उपसभापति बन्ने गरी यसका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग एकता सहमति गरिसकेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमानले आफू कुनै पनि पार्टीको सदस्य नभएको भनेपछि टिप्पणी भइरहेको हो। 

यसै क्रममा सामाजिक अभियन्ता आशिका तामाङले पनि कुलमानको कडा आलोचना गरेकी छन्।

उनले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेकी छन्, ‘पार्टीको उपसभापति भा'को मान्छे आफ्नो मन्त्री पद खुस्किन्छ भनेर पार्टीको म सदस्य होइन भन्न कुन नैतिकताले दिन्छ?’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad