नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले आगामी फागुन २१ गतेका लागि घोषित निर्वाचनप्रति आशंका व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमा उनले निर्वाचन हुनेमा निश्चिन्त हुन नसकिएको टिप्पणी
गरेका हुन्।
मंगलबार सामाजिक सञ्जालमार्फत उनले चुनाव सुरुङमार्गको प्रवेशमै अल्झिएको जस्तो देखिएको टिप्पणी गरेका छन्।
उनले चुनावको कुरा २०८४ सम्मै मात्र सीमित हुने कि त्यसपछि पनि निरन्तर टर्दै जाने हो भन्ने अन्योल कायमै रहेको पनि बताएका छन्।
‘फागुनमा घोषित चुनाव सुरुङ मार्ग प्रवेश भएछ। तर कुरा चै चौरासीसम्मै हो झन् या पछिसम्म हो चुनावकै भइरहने भएछ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाली राजनीतिमा कहिल्यै अन्त नहुने मनचिन्ते झोली नखुले हुने। दिल्ली दुर नहि भन्छन।के हो के हो?’
बास्कोटाको यो अभिव्यक्तिलाई कतिपयले वर्तमान राजनीतिक तरलता र निर्वाचनप्रतिको अन्योलतासँग जोडेर हेरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड हिजो मात्रै दिल्ली पुगेर फर्किएका छन्।
नेपाली कांग्रेसकी नेतृ आर्जु राणा देउवा पनि यतिबेला दिल्ली भ्रमणमै छिन्। रास्वपाका उससभापति डा.स्वर्णिम वाग्ले पनि आज भोलिनै दिल्ली जाने तयारीमा रहेका चर्चा छ। गत साता मात्रै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पनि डिल्ली पुगेर फर्किएका थिए।
बास्कोटाको यो अभिव्यक्ति पनि नेपाली नेताहरुको तारन्तार दिल्ली दौडाहाप्रति लक्षित रहेको अनुमान गरिएको छ।

Shares

प्रतिक्रिया