राजनीति


हात्तीवन पुगेर रमेश लेखकले भेटे प्रचण्ड, माधव र नारायणकाजी

हात्तीवन पुगेर रमेश लेखकले भेटे प्रचण्ड, माधव र नारायणकाजी

नेपालखबर
पुस २२, २०८२ मंगलबार १२:७, काठमाडौँ

राष्ट्रिय सभा सभाको चुनावलाई लिएर नेपाली कांग्रेसका नेता रमेश लेखकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल, सहसंयोक माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठसँग भेट गरेका छन्। 

मंगलबार ललितपुरको हात्तीवनमा पुगेर उनले करिब डेढ घण्टा नेताहरुसँग छलफल गरेका हुन्। बिहान ९ बजे पुगेका लेखकले साढे १० बजेसम्म छलफल गरेका थिए।

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच तालमेलको प्रयास भइरहेको छ। 

कांग्रेस सभापति शेरबहादुर देउवाको दूतका रुपमा लेखकले एमाले र नेकपाका नेताहरूसँगको भेटलाई तीव्र पारेका छन्। 

राष्ट्रियसभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न सोमबार उसभापति पूर्णबहादुर खड्कासहित लेखक एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु पुगेका थिए।

छलफमला एमालेबाट ओलीले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि सहभागी थिए। 

 १८ सिटका लागि हुने चुनावमा कांग्रेसले ८ सिट दाबी गरेको  छ। त्यस्तै नेकपा एमालेले ५-६ र नेकपालाई ३-५ सिट दिएर तालमेल गर्ने प्रयास भइरहेको छ। 

राष्ट्रिय सभा चुनावका लागि पुस २३ गते उम्मेदवारी दर्ता गर्ने समय रहेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad