सुनसरीको एक विद्यालयका शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।
इनरूवा नगरपालिका वडा नम्बर २ मा रहेको राजाजी रामजी महतो (दास) माविका शिक्षकले छात्राहरूलाई दुर्व्यवहार गर्ने अपशब्द प्रयोग गर्ने लगायतका गतिविधि गरेको भन्दै विद्यार्थीहरूले इनरुवामा केहीबेर सडक अवरुद्ध गरेका छन्।

इनरुवा चोकमा निस्केको विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्धको प्रयास गरेका थिए। लगत्तै सुरक्षाकर्मीहरूले बल प्रयोग गरेर सडक सुचारु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
विद्यालयका कर्मचारी सुरेश मेहताले आफूहरूलाई छुने दुर्व्यवहार गर्ने गरेको आरोप छात्रा विद्यार्थीहरूको छ। विद्यालयमा के भएको हो भन्ने विषयमा विद्यालयले कुनै प्रतिक्रिया दिएको छैन।

153
Shares

प्रतिक्रिया