राजनीति


एमाले शीर्षनेतासहित २४ जना एकल उम्मेदवार सिफारिस

एमाले शीर्षनेतासहित २४ जना एकल उम्मेदवार सिफारिस

नेपालखबर
पुस २१, २०८२ सोमबार १२:४५, काठमाडौँ

आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (एमाले)का शीर्षनेतासहित २४ नेता एकल उम्मेदवार सिफारिस भएका छन्। 

एमालेका सचिव महेश बस्नेतका क्षेत्रीय कमिटीले २४ जना उम्मेदवारलाई एकल सिफारिस गरेका हुन्। एमाले अध्यक्ष केपी शर्मा झापा-५ बाट एकल सिफारिस भएका छन्।

त्यस्तै, ईश्वर पोखरेल काठमाडौँ-८ बाट एकल सिफारिस भएका हुन्। उनी भरखरै सम्पन्न एमाले एघारौँ महाधिवेशनमा अध्यक्षमा ओलीसँग पराजित भएका थिए। 

त्यस्तै, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट, महासचिव शंकर पोखरेल दाङ-२ बाट र उपमहासचिव लेखराज भट्ट कैलाली-४ बाट एकल सिफारिसमा परेका छन्। त्यस्तै, सचिव महेश बस्ने भक्तपुर-२ बाट एकल सिफारिस भएका छन्। 

अन्य केही निर्वाचन क्षेत्र र जिल्लाहरूले पनि सर्वसम्मत रूपमा एकल नाम चयन गरिसकेका छन् भने केही स्थानमा उम्मेदवार छनोटको प्रक्रिया जारी छ। सबै जिल्ला र निर्वाचन क्षेत्रबाट आएका सिफारिस केन्द्रमा पुगेपछि उम्मेदवारको अन्तिम टुंगो लाग्नेछ। 

को कहाँबाट भए एकल सिफारिस? 

१) केपी शर्मा ओली :  झापा-५
२) विष्णु पौडेल : रुपन्देही-२
३) शंकर पोखरेल : दाङ-२
४) लेखराज भट्ट : कैलाली-४
५) महेश बस्नेत: भक्तपुर-२
६) प्रदीप ज्ञवाली : गुल्मी-१
७) ईश्वर पोखरेल : काठमाडौँ-५
८) लीलानाथ श्रेष्ठ : सिरहा-३
९) अजय गुप्ता : रौतहट-१
१०) हरि उप्रेती : सर्लाही-३
११) तिलक महत : नवलपुर-२
१२) मिलन गुरुङ : गोरखा-२
१३) बद्री मैनाली : नुवाकोट-१
१४) सूर्य ढकाल : बाँके-१
१५) दलबहादुर सुनार : बाँके-३
१६) विश्राम चौधरी : कपिलवस्तु-१
१७) सुहाङ नेम्वाङ : इलाम-२
१८) लक्ष्मी महतो कोइरी : महोत्तरी-१
१९) ध्रुव शाही : सुर्खेत-१
२०) कलाधर देवकोटा : सुर्खेत-२
२१) गुलाबजंग शाह : सल्यान
२२) दामोदर भण्डारी : बैतडी
२३) गणेश ठगुन्ना : दार्चुला
२४) दीपक प्रकाश भट्ट : कञ्चनपुर-३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad