राजनीति


विशेष महाधिवेशन हुँदैन, त्यसको औचित्य छैन : कृष्ण सिटौला

विशेष महाधिवेशन हुँदैन, त्यसको औचित्य छैन : कृष्ण सिटौला

नेपालखबर
पुस २१, २०८२ सोमबार १२:१२, काठमाडौँ

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका छन्। 

सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले गत मंसिरमा नियमित महाधिवेशनको कार्यतालिका आएसँगै विशेष महाधिवेशनको औचित्य सकिएको बताए। ‘पर्सि विशेष महाधिवेशन हुँदैन। अब विशेष महाधिवशेनको औचित्य छैन,’ सिटौलाले भने। 

क्रियाशील सदस्यता टुंगा नलागेकाले नियमित महाधिवेशनको प्रक्रिया पछाडि सरेको उनको भनाइ थियो। ‘जबसम्म क्रियाशील सदस्यता टुंगिँदैन, तबसम्म महाधिवेशनको कार्यक्रम अघि बढ्दैन,’ सिटौलाले भने।

चुनावअघि महाधिवेशन गर्न समय पनि नभएको उनको तर्क छ। वडादेखि केन्द्रसम्म कांग्रेसभित्र प्रतिस्पर्धा हुने भएकाले चुनावअघि महाधिवेशन गर्न नहुने विषयमा यसअघि नै आफूले जोड दिएको उनको भनाइ थियो। कांग्रेसका लागि अहिले निर्वाचन महत्त्वपूर्ण भएको उनले बताए। 

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा जोड दिइरहेका छन्। केन्द्रीय कार्यसम्पादन समितिले बहुमतबाट निर्णय गरेर महामन्त्रीलाई पार्टीबाट निकाल्न खोजेको हो त भन्ने प्रश्न सिटौलाले भने, ‘उहाँलाई निकाल्न खोजेको पनि होइन, उहाँले छोड्न खोजेको हो पनि होइन।’

महामन्त्रीद्वयले पुस २७ गते विशेष महाधिवेशन गर्ने तयारी गरेका छन्। महामन्त्रीले विशेष महाधिवेशन उद्घाटन गर्नु भयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा सिटौलाले भने, ‘त्यस्तो हुँदैन। विशेष महाधिवेशन हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad