कारोबार


सुजुकीले नेपालमा ल्यायो धेरै फिचर भएको एसयूभी ‘भिक्टोरिस’

सुजुकीले नेपालमा ल्यायो धेरै फिचर भएको एसयूभी ‘भिक्टोरिस’

नेपालखबर
पुस २१, २०८२ सोमबार १२:२१, काठमाडौँ

नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले नेपाली बजारमा आफ्नो अहिलेसम्मकै सबैभन्दा धेरै फिचर भएको नयाँ एसयूभी भिक्टोरिस सार्वजनिक गरेको छ।

भविष्यमुखी डिजाइन, विलासी आराम र इन्टेलिजेन्ट प्रविधिको उत्तम सम्मिश्रणका रूपमा यो एसयूभीलाई बजारमा उतारिएको कम्पनीले जनाएको छ। 

नयाँ भिक्टोरिसमा स्ट्रोङ हाइब्रिड, अलग्रिप सेलेक्ट (फोरह्विल्ड) र १.५ लिटर स्मार्ट हाइब्रिड पेट्रोल इन्जिनका विकल्पहरू उपलब्ध छन्। यो गाडी म्यानुअल र अटोमेटिक दुवै विकल्पमा उपलब्ध हुनुका साथै अत्याधुनिक सडक सचेतना र सुरक्षाका लागि लेभल–२ एड्यास (एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम) प्रणालीले सुसज्जित छ।

अत्याधुनिक एड्भान्स्ड सेफ्टी फिचर, रोड अवेरनेस र मजबुत सुपेरियर बिल्ड क्वालिटीको परिणामस्वरूप सुजुकी भिक्टोरिसले सुरक्षाको क्षेत्रमा प्रतिष्ठित फाइभस्टार ग्लोबल एनक्याप रेटिङ हासिल गर्न सफल भएको छ।

ग्राहकको आराम, सुरक्षा र सुखद ड्राइभिङ अनुभवलाई मध्यनजर गर्दै यसमा आधुनिक समयका सबै आवश्यक सुविधाहरू समावेश गरिएको छ। आफ्नो दमदार पर्फर्मेन्स र अत्याधुनिक प्रविधिका कारण यो एसयूभीले प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर २०२५’को अवार्ड समेत जित्न सफल भएको छ। कम्पनीले यस एसयूभीको लन्चिङ अफर मूल्य ५० लाख ९९ हजार नेपाली रुपैयाँ कायम गरेको छ। 

साथै, लन्चिङ अफर र मूल्यअन्तर्गत ग्राहकहरूका लागि नेपाली रुपैयाँ २ लाखसम्मको एक्सचेन्ज बोनस सीमित अवधिका लागि पहिलो ५० बुकिङको लागि उपलब्ध गराइने सीजी मोटोकर्पले जनाएको छ।

सीजी मोटोकर्पका प्रबन्धनिर्देशक करण कुमार चौधरीले आधुनिक नेपाली ग्राहकहरू प्रविधिमैत्री र वातावरणीय रूपमा निकै जिम्मेवार हुने बताउँदै उनीहरूको सोही आकांक्षा र आवश्यकतालाई पूरा गर्न नेपाली बजारमा भिक्टोरिस सार्वजनिक गरेको बताए। 

‘भिक्टोरिस ल्याटिन भाषामा छ, यसको अर्थ ’विजय’ हुन्छ। हामी पूर्ण विश्वस्त छौं कि यसको ५–तारे सुरक्षा र अत्याधुनिक सुविधाहरूले नेपाली ग्राहकको मन जित्नेछ।’

यस्ता छन् विशेषता यो गाडीमा इन्टेलिजेन्ट प्रविधि र मनोरञ्जन फिचर छ। यसअनुसार थिएटर अन ह्विल्स अर्थात् हर्मनद्वारा निर्मित इन्फिनिटी ८–स्पीकर प्रिमियम साउन्ड सिस्टम, जसमा डलबी अटमस ५.१ सराउन्ड साउन्ड रहेको छ। त्यसैगरी स्मार्टप्ले प्रो एक्स, २५.६५ सेमी (१०.१ इन्च) को टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, जसमा ३५ भन्दा बढी फिचर भएको एलेक्सा अटो भ्वाइस एआई र ओटीए अपडेटको सुविधा छ।

यसबाहेक डिजिटल क्लस्टरः २६.०३ सेमी (१०.२५ इन्च) को पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ भने इन्टिरियर र डिस्प्लेमा स्मार्टप्ले प्रो एक्स इन्फोटेनमेन्ट सिस्टममा एकीकृत गरिएको क्लाइमेट कन्ट्रोल एसी डिस्प्ले छ। गाडीमा हावाको शुद्धताको सुविधा छ। यसअनुसार एक्यूआई डिस्प्ले र अटो प्युरिफाई मोडसहितको पीएम २.५ एयर फिल्टर रहेको छ।

यसमा विलासी र आरामदायी सुविधाका फिचर राखिएका छन्। कम्पनीका अनुसार स्मार्ट पावर्ड टेलगेट जेस्चर कन्ट्रोलमार्फत हातको प्रयोग नगरीकन डिकी खोल्न सकिने सुविधा दिइएको छ। त्यस्तै एम्बियन्ट लाइटिङ अर्थात् ६४ रङमा परिवर्तन गर्न सकिने कस्टमाइजेबल ब्याकलिट लाइटिङ प्रणाली छ। भेन्टिलेटेड सिटअन्तर्गत ८–वे पावर एड्जस्टेबल ड्राइभर सिट र अगाडिका सिटहरूमा कुलिङ सुविधा रहेको छ। एक्टिभ कुलिङ फ्यान सहितको वायरलेस स्मार्टफोन चार्जर र मल्टिपल यूएसबी टाइप–सी फास्ट चार्जिङ पोर्टहरू रहेका छन्। 

सर्वोत्कृष्ट सुरक्षामा लेभल २ एड्यास छ। जसअनुसार १० भन्दा बढी इन्टेलिजेन्ट ड्राइभर–असिस्ट फिचरहरू जस्तै– अटोमेटिक इमर्जेन्सी ब्रेक, एडेप्टिभ क्रुज कन्ट्रोल, र लेन किप असिस्ट राखिएको छ। गाडीमा ६ एयरब्याग छन्। सुरक्षालाई प्राथमिकता दिँदै सबै भेरियन्टमा ६ वटा एयरब्याग मानक रूपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसबाहेक ३६० भ्यू क्यामेरा पनि राखिएको छ। जसमा ११ वटा फरक दृश्यहरू देखाउने हाई–डेफिनिसन क्यामेरा र टायर प्रेसर मोनिटरिङ सिस्टम छ। सुरक्षा र नियन्त्रणः अल–ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम (त्एःक्) र ब्रेक होल्ड सहितको इलेक्ट्रोनिक पार्किङ ब्रेक रहेका छन् भने स्मार्ट पार्किङमा फ्रन्ट र रियर पार्किङ सेन्सरका साथ स्वचालित ३६० भ्यू क्यामेरा राखिएका छन्।

सबै प्यासेन्जर भेहिकल सेग्मेन्टमा ग्राहकहरूलाई उच्च स्तरको सुरक्षा प्रदान गर्ने सुजुकीको प्रतिबद्धताअनुरुप नयाँ भिक्टोरिसमा एरेना सेफ्टी सिल्ड उपलब्ध गराइएको छ। यसअन्तर्गत ६ एयरब्याग्स, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, एन्टी–लक ब्रेकिङ सिस्टम (ब्द्यक्) का साथै इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन, हिल होल्ड कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, ३–पोइन्ट सिट बेल्ट र सिट बेल्ट रिमाइन्डर रहेका छन्।

गाडीमा स्ट्रंग हाइब्रिड, ईभी मोड, अलग्रिप सेलेक्ट फोरह्विड, कठिन बाटोका लागि अटो, स्नो, स्पोर्ट र लक मोडहरुसहितको प्रणाली छ।

भिक्टोरिसमा आधुनिक र भविष्यमुखी डिजाइन समावेश छ। जसअनुसार एलईडी प्रोजेक्टर हेडल्याम्प, कनेक्टेड एलईडी टेल ल्याम्प र एरो कट एलोय ह्विल्स दिइएको छ। यसको भित्री भाग ब्ल्याक र आइभोरी ड्यूल टोनमा सजाइएको छ भने ठूलो प्यानोरामिक सनरुफले क्याबिनलाई अझ फराकिलो महसुस गराउने कम्पनीको दाबी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad