नेकपा एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीसहित तीन जनाको नाम सिफारिस भएको छ।
पार्टीको जिल्ला कमिटीको आज बसेको बैठकले अध्यक्ष केसीसहित तीन जनाको नाम सिफारिस गरेको गरेको हो।
केसीसहित केन्द्रीय सदस्य मनाकुमारी केसी र पूर्वकेन्द्रीय सदस्य इन्द्रलाल सापकोटाको नाम पनि सिफारिस गरिएको छ। जिल्ला कमिटीले सिफारिस गरेका नामहरू पार्टीको गण्डकी प्रदेश कमिटीमा पठाइएको केसीले बताए।
निर्वाचन क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को हिजोको बैठकले उनीहरूको नाम जिल्ला कमिटीमा पठाएको थियो।
केसी जिल्लामा दोस्रो कार्यकालका अध्यक्ष हुन्। गत निर्वाचनमा उनी प्रदेश सभातर्फ उम्मेद्वार थिए।
तत्कालीन कांग्रेस माओवादी गठबन्धनसँग पराजित भएका केसीले यस पटक प्रतिनिधि सभामा निर्वाचन लड्ने तयारी गरेका छन्।
जिल्ला अध्यक्ष भएपछि केसीले ठूलो संख्यामा तत्कालीन नेकपा एकीकृत समाजवादीमा गएका नेता कार्यकर्तालाई एमालेमा फर्काएका थिए।
केसी अनेरास्ववियु हुँदै यूवा संघको राजनीतिबाट मूलधारको राजनीतिमा प्रवेश गरेका हुन्।
Shares

प्रतिक्रिया