राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार थरुहटका पूर्व नेताहरूसँग एकता घोषणा गर्न लागेको छ।
रास्वपाले सोमबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहबाट एकताको औपचारिक घोषणा हुने जनाएको छ। थरुहट नेताहरू लक्ष्मण थारू, सुरेन्द्र चौधरीलगायतका नेतासँग रास्वपाले एकता घोषणा गर्न लागेको हो।
सोमबारको एकता घोषणा सभामा सभापति रवि लामिछाने सहभागी हुने प्रवक्ता मनिष झाले बताए।
रास्वपासँग पुस १३ मा काठमाडौँका मेयर बालेन साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। बालेन समूह र उज्यालो नेपाल पार्टीसँगको एकताको संमायोजन र विस्तारका सबन्धमा अहिले रास्वपाको केन्द्रीय समिति बैठक जारी छ।
186
Shares

प्रतिक्रिया