अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भेनेजुएलाको विशाल तेल भण्डारमा नियन्त्रण जमाउने र अमेरिकी कम्पनीहरुलाई अर्बौँ डलर लगानी गर्न लगाई देशको तेल उद्योग जगाउने घोषणा गरे।
भेनेजुएला ३ खर्ब ३ अर्ब ब्यारेल क्रुड आयल (कच्चा तेल)माथि बसिरहेको छ। यो भनेको विश्व तेल सञ्चितिको पाँच भागमध्ये एक भएको अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए)ले जनाएको छ। यसले देशको भविष्यमा मुख्य भूमिका खेल्नेछ।
आयल फ्युचर्स सप्ताहान्तमा किनबेच हुँदैन। त्यसकारण यसले इन्धनमा हुने दैनिक मूल्यमा प्रभाव पार्दैन। तर ट्रम्पले केही समय भेनेजुएला अमेरिकाले चलाउने बताएका छन्।
‘हामीसँग धेरै विशाल अमेरिकी कम्पनीहरु हुँदै छन्, विश्वकै सबैभन्दा ठूला। जसले अर्बौँ डलर खर्च गर्नेछन् र ढलेका पूर्वाधार उठाउनेछन्, त्यो भनेको तेलको पूर्वाधार’, उनले फ्लोरिडास्थित निवास मारालागोमा पत्रकार सम्मेलनमा भने।
अमेरिकी नेतृत्वमा भेनेजुएला तेलको ठूलो निर्यातकर्ता हुन सक्नेछ भने पश्चिमा कम्पनीहरुका लागि अवसर सिर्जना गर्न सक्छ। यसले तेल उत्पादनको नयाँ स्रोतका रुपमा काम गर्नेछ। यसले अन्ततः तेलको मूल्य नियन्त्रणमा पनि राख्न सक्नेछ तर कम मूल्यले अमेरिकी कम्पनीहरुलाई भने निरुत्साहित पनि गर्न सक्छ।
भोलि नै अन्तर्राष्ट्रिय पहुँच भए पनि भेनेजुएलाको तेल उत्पादनलाई पूर्णता दिन वर्षौँ लाग्न सक्छ। भेनेजुएलाको राज्यस्वामित्वको तेल र प्राकृतिक ग्यास कम्पनी पीडीभीएसएका अनुसार यसका पाइपलाइनहरु ५० वर्षदेखि फेरिएका छैनन्। त्यसलाई अपडेट गरेर उच्च उत्पादनमा फर्किन ५८ अर्ब अमेरिकी डलर लाग्छ।
‘तेलका लागि यो सम्भावना बोकेको एउटा ऐतिहासिक घटना हो’, प्राइस फ्युचर्स ग्रुपका वरिष्ठ बजार विश्लेषक फिल फ्लिन भन्छन्, ‘मादुरो शासन र (पूर्व भेनेजुएलेली राष्ट्रपति) ह्युगो चाभेजले आधारभूत रुपमै भेनेजुएलाको तेल उद्योगमा लुटपाट मच्चाए।’
पृथ्वीमा रहेका ठूला प्रमाणित तेल भण्डारका लागि भेनेजुएला घर हो तर यसको सम्भावनाको तुलनामा वास्तविक नतिजा भने धेरै टाढा छ। अर्थात् भेनेजुएलाले प्रतिदिन १० लाख ब्यारेल मात्र उत्पादन गर्छ। यो भनेको विश्व कच्चा उत्पादनको ०.८ प्रतिशत मात्र हो।
जुन मादुरोले सन् २०१३ मा देशको शासन हत्याएयता गरेको उत्पादनको आधा कम हो भने समाजवादी शासनअघि उत्पादन गर्ने ३५ लाख ब्यारेलको एक तिहाइभन्दा कम हो।
भेनेजुएलाको सरकारमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध र गहिरो आर्थिक संकटले देशको तेल उद्योगको पतनमा योगदान गरेको छ। तर यसबाहेक लगानी र मर्मतसम्भारको बेवास्ताले पनि हालत बिगारेको ईआईएको भनाइ छ। भेनेजुएलाको ऊर्जा पूर्वाधार खस्किँदो छ भने यसको तेल उत्पादन क्षमता वर्षेनीजसो ह्रास हुँदै गएको छ।
भेनेजुएलाले सामान्य रुपमा पर्याप्त तेल उत्पादन गर्न नै नसक्ने अवस्था छ। त्यो नै ठूलो अन्तर रहेको छ।
यो वर्ष तेलको मूल्यमा चासो बढी छ किन कि मागभन्दा बढी आपूर्तिको डर छ। ओपेकले उत्पादन बढाएको छ तर माग खस्किएको छ। कोभिड महामारीपछि मूल्य खस्किएपछि विश्व अर्थतन्त्र महंगी र सुलभताको सामना गर्न असहज बनिरहँदा यसो हुन पुगेको हो।
भेनेजुएलाको तेल ट्यांकर ट्रम्प प्रशासनले कब्जा गर्नथालेपछि छोटो समयका लागि तेलको मूल्य ६० डलर प्रतिब्यारेल माथि पुगेको थियो । तर यो अहिले फेरि ५७ डलरमा झरेको छ। त्यसकारण बजारको प्रतिक्रिया यदि लगानीकर्ताले भेनेजुएलामाथिको आक्रमण तेल आपूर्तिका लागि खराब ठाने भने निश्चित रुपमा मौन हुनेछ।
‘मानसिक रुपमा यसले केही बढोत्तरी दिन सक्छ तर भेनेजुएलासँग भएको तेल विश्व उत्पादकहरुले संयुक्त रुपमा सजिलै प्रतिस्थापन गर्न सक्नछेन्’, फ्लिनले भने।
के छ भेनेजुएलाको तेल सम्भावना?
भेनेजुएला व्यापक परिमाणको कच्चा तेलमाथि छ भन्दैमा उत्पादन नै गर्नलाई विशेष प्रकृतिका औजार र उच्चस्तरीय प्राविधिक कुरा जरुरत पर्छ। अन्तर्राष्ट्रिय तेल कम्पनीहरुसँग यसको उत्खनन र प्रशोधन गर्ने क्षमता त छ तर उनीहरुलाई देशमा व्यवसाय गर्न कडाइ गरिएको छ।
विश्वको सबैभन्दा धेरै तेल उत्पादक संयुक्त राज्य अमेरिकासँग हलुका, राम्रो कच्चा तेल छ। जुन इन्धन बनाउन उपयुक्त छ तर यो धेरै छैन। भेनेजुएलाको जस्तो गह्रुँगो तेल प्रशोधन प्रक्रियामा निश्चित उत्पादनका लागि अत्यन्तै महत्त्वपूर्ण छ। जस्तो कि डिजेल, आस्फल्ट र कलकारखानाका लागि चाहिने इन्धन र अन्य हेभी इक्विपमेन्टका लागि। धेरै ठाउँहरुमा भेनेजुएलाको तेलमा लगाइएको प्रतिबन्धको कारण डिजेलको आपूर्ति विश्वमै कसिलो छ।
यस्तोमा भेनेजुएलाको तेल अमेरिकाका लागि लाभकारी हुनसक्छ। यसकारण कि यो देश अमेरिकानजिक छ र यसको तेल सस्तो पनि पर्न आउँछ। धेरैजसो अमेरिकी प्रशोधनगृहहरु यही बाक्लो तेल प्रशोधनका लागि बनाइएका थिए। फ्लिनका अनुसार अमेरिकी तेलको तुलनामा भेनेजुएलाको तेल प्रयोगका हिसाबले पर्याप्त पनि थिए।
‘अहिलेसम्म यसलाई बुद्धिमत्तापूर्ण अपरेसनजस्तो देखिएको छ र यदि यो सजिलै अगाडि बढ्यो भने अमेरिकी कम्पनीहरुले फर्किन पाए र भेनेजुएलाको तेल उद्योग पुनर्निर्माण गरे भने यो विश्व तेल बजारका लागि गेमचेन्जर हुनसक्छ’, फ्लिन भन्छन्।
ट्रम्पले भेनेजुएलाको तेल व्यवसायलाई असफल भनेका छन्।
‘उनीहरु आफ्नो क्षमताको तुलनामा कति पनि पम्प गर्न सकेका छैनन्’, उनले भने।
‘हामी हाम्रा विशाल अमेरिकी कम्पनी लैजाँदै छौँ, विश्वमा भएभन्दा विशाल कम्पनीहरु त्यहाँ जान्छन्, अर्बौँ डलर खर्चिन्छन् र नराम्ररी बिग्रिएका पूर्वाधारलाई मर्मत गर्नेछन्, तेल पूर्वाधार र देशका लागि पैसा कमाउन सुरु गर्नेछन्’, उनले भने। सीएनएनबाट भावानुदित
Shares

प्रतिक्रिया