राजनीति


चुनावमा कांग्रेस र एमाले सहकार्य हुन सक्छ : रघुवीर महासेठ

चुनावमा कांग्रेस र एमाले सहकार्य हुन सक्छ : रघुवीर महासेठ

नेपालखबर
पुस २०, २०८२ आइतबार १३:२८, काठमाडौँ

नेकपा (एमाले)का उपमहासचिव रघुवीर महासेठले आगामी प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कांग्रेससँग सहकार्य हुनसक्ने बताएका छन्। 

आइतबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव महासेठले संघीयता, लोकतन्त्र, गणतन्त्रसहितको संविधान रक्षाका लागि एमालेले कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताए। 

आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जान सक्ने सम्भावनाबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा उत्तरमा महासेठले भने, ‘देशमा पछिल्लो समय भइरहेको षड्यन्त्र विरुद्धमा गठबन्धनको कुरा राजनीतिमा असम्भव होइन। भोलि कांग्रेस–एमालेसँगै चुनाव लड्न सक्छ।’

तर, अहिले जानी नजानी सरकार नै निर्वाचन विथोल्न लागेको उनको आरोप छ। जेनजी आन्दोलनमा क्रममा लुटिएका हतियार र भागेका कैदी समस्या हुनेसक्ने बताउँदै महासेठले भने, ‘लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन। भागेका कैदीमध्ये बहुसंख्यक बाहिरनै छन्। यस्तो स्थितिमा चुनाव कसरी गराउन सकिन्छ?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad