राजनीति


रास्वपासँग एकीकरणपछि ‘उज्यालो नेपाल’मा देखिएको असन्तुष्टि समाधानका लागि नेतृत्व तहमा संवाद जारी

रास्वपासँग एकीकरणपछि ‘उज्यालो नेपाल’मा देखिएको असन्तुष्टि समाधानका लागि नेतृत्व तहमा संवाद जारी

नेपालखबर
पुस १९, २०८२ शनिबार १३:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग पार्टी एकीकरण गरेको कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र असन्तुष्टि बढेपछि समाधानको प्रयास भइरहेको छ। 

रास्वपाका प्रवक्ता मनीष झाले यसको निकासका लागि नेतृत्व तहमा संवाद भइरहेको जानकारी दिए। 

‘नेतृत्व तहमा संवाद हुँदै छ। समझदारीले यो समस्या समाधान गर्ने गरी छलफल हुँदैछ’, शनिबार दिउँसो उनले नेपालखबरसँग भने।

यस क्रममा उनले सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आएजस्तो समस्या नरहेको दाबी पनि गरे।

उनले भने, ‘समाचार तथा सञ्जालमा आएको जस्तो सतहमा आएको छैन।’

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह 'बालेन'लाई साक्षी राखी यही पुस १४ गते रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको समझदारी पत्रमा हस्ताक्षर भएको थियो। जसअनुसार कुलमान रास्वपाको वरिष्ठ उपसभापति हुनेछन्।

तर उज्यालो नेपालभित्र खासगरी समानुपातिक उम्मेदवारको हिस्साका विषयमा असन्तुष्टि बढेको छ। 

बालेन भने यसअघि नै आउँदो चुनावपछि प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी रास्वपामा एकताबद्ध भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad