राजनीति


आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु

आगामी चुनावका लागि मतदाता नामावली छपाई सुरु

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १७:५८, काठमाडौँ

आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली छपाई सुरु भएको छ। 

शुक्रबार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाता नामावली छपाईको उद्घाटन गरेका छन्। आगामी फागुन २१ गते प्रतिनधि सभाको निर्वाचन तय भएको छ। 

निर्वाचन आयोगले यसअघि नै मतदाता नामावली प्रकाशन गरिसकेको छ। आगामी निर्वाचनका लागि लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका छन्। 

आयोगका अनुसार, ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र अन्य दुई सय मतदाता समावेश छन्। 

गत २०७९ सालको निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। जसमा पुरुष ९१ लाख ४० हजार ८०६, महिला ८८ लाख ४७ हजार ५७९ र अन्य एक सय ८५ रहेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad