राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि गण्डकी प्रदेशमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।
पोखराको पार्दीमा रहेको प्रदेश निर्वाचन कार्यालय परिसरभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन कार्यालका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।
उनका अनुसार यही पुस १९ गते मतदाता नामावली सार्वजनिक गर्ने र पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका रहेको छ। रासस
24
Shares

प्रतिक्रिया