नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटले आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटकपटक समानुपातिक कोटामा बसेको भन्दै बिरोध गरेका छन्।
सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा स्टाटस लेख्दै उनले आगामी चुनावमा एमाले र कांग्रेस मिलेर जाने भएकाले समानुपातिकबाट नाम फिर्ता लिएर प्रत्यक्षमा चुनाव लड्न पनि भनेका छन्।
एमाले उपाध्यक्ष रामबहादुर थापा बादललाई एमालेले समानुपातिक कोटाको पहिलो नम्बरको उम्मदेवार बनाएको छ।
उनै बादलले बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा अबको चुनावमा कांग्रेस एमालेले ५०/५० प्रतिशत सिट भागबण्डा गरेर चुनाव लड्नुपर्ने बताएका थिए।
‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक हो,’ बास्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन्। रुख-सूर्य मिलेपछि चुनाव लडे भो त। अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले। समावेशिताकै वेइजत नगर के त्यो पनि पुरुषले!’

Shares

प्रतिक्रिया